असार ५, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले काठमाडौंबाट विप्लव समूहका ५ नेतालाई पक्राउ गरेको छ ।
रामेछापको पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ लाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्रतिबिन्धत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पर्चा भेटिएका छन् ।महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार कुलदिपलाई भक्तपुरबाट पक्राउ गरिएको हो भने अन्य काठमाडौंबाटै पक्राउ परेका हुन् ।
अनुसन्धान अधिकृतका अनुसार अधिकांशले उपचारका लागि काठमाडौं आएको दाबी गरेका छन् । थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस