• २०८३ बैशाख २८ गते सोमवार

आजको युग छोरीहरुको युग

पढ्न लाग्ने समय : २ मिनेट

पौष ४ दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले महिला शसक्तिकरणका लागी शिक्षा कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपाने तथा पत्रकार बसुन्धरा गौतमको प्रमुख आथित्यतामा कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति गौतमले आजको युग छोरीहरुको युग भएको बताउदै छोरीहरु सक्षम भएमात्र पनि पछि आई पर्ने समस्या समाधान गर्ने सक्ने बताउनु भयो ।

साथै गौतमले जवसम्म छोरीहरुले शिक्षा लिन सक्दैनन तव सम्म छोरिहरु अगाडि आउन नसक्ने भन्दै छोरीको शिक्षमा लगानी पहिलो प्रथामिकतामा राख्नु पर्ने बताउनु भयाृे। पछिल्लो समय छोरीहरुले नेतृत्व थगरेका विभिन्न संघसंस्था सफल रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक अध्यक्ष विमला योगीले आथिक स्थितिकमजोर भएका छोरीहरुले पढ्न पाएनौ भनेर गुनासो गर्ने नपर्ने गरि संस्थाले ५सय ५० छोरीहरुको अभिभावकत्व ग्रहण गरेको बताउनु भयो ।

साथै उहाले संस्थाको सहयोगमा अध्ययन गरिरहेका छात्राहरु पछिल्लो समय विभिन्न ठाउमा आवद्ध भएर संस्थामा सहयोग गर्दे आयको बताउनु भयो । त्यस्तै कार्यक्रमकोअवसरमा अमेरिकामा अध्ययन रत श्रेया गिरिले छात्राहरुको पढाई खर्च स्वरुप १ लाख तथा आमा गिता गिरीले ५ हजार सहयोग प्रदान गर्नु भएको थियो । कार्यक्रमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक कोषध्यक्ष गीता गिरी , चेतना महिला विद्यालयका सुमित्रा पन्थी, सहयोगी श्रेया गीरी लगायतले बोल्नु भएको थियो कार्यक्रमकाmे सहजी करण नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका लक्ष्मी गुप्ताले गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस