पौष, ४ काठमाडौँ । सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन: स्थगित भएको छ ।

बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको थियो । तर रामचन्द्र पौडेल समूह नआउने भएपछि १० गतेसम्मका लागि स्थगित गरिएको हो ।
१४औं महाधिवेशनको कार्यतालिका माग गर्दै पौडेल समूहले बैठक बहिस्कार गर्दै आएको छ ।