पुस ४ दाङ । नेपालपत्रकार महासंघ दाङले आफ्नो २७औं स्थापनादिवसको अबसरमा पत्रकार, सञ्चार माध्यम र अक्ष्यकोष दात्तालाई सम्मानएवं पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा सञ्चार माध्यममा कार्यरत १८ जना पत्रकार, तीन वटा सञ्चार माध्यम र दुईजनाअक्षयकोष दातालाई पुरस्कार र सम्मान वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आथित्यतामा कार्यक्र सम्पन्न भएको हो ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथी प्रेस काउनसीलका पुर्व अध्यक्ष नारायण प्रसाद शर्माले पत्रकारीताको मूल मर्मलाई आत्मसाथ गरेर पत्रकारीता गर्नुपर्नेमा जोड दिनु भयो । पत्रकारहरुले विवेक गुमाउदा समाज नै खराव बाटोमा जाने भन्दै उहाँले सत्य, निश्पक्ष र तटस्थतामा रहेर पत्रकारीतागर्न सम्पुर्ण पत्रकारहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा यस वर्ष प्रतिभा पुरस्कारबाट पत्रकार सुलोचना गौतमलाई पुरस्कृत गर्न लागेको छ । यसैगरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार शिबु खनाल, महिलासिर्जनशिलपत्रकारिता पुरस्कारबाट निरलाअर्याल, प्रोत्साहन पुरस्कारबाट अमृता भुसाल र आशिष सुनिलपोख्रेल पुरस्कृत हुनलागि रहेका छन् ।
यसैगरी रोशन स्मृतिपत्रकारिता पुरस्कारबाट पत्रकार सुनिलपोख्रेल, पण्डित लिलाकान्त महरहठ्ठापत्रकारिता पुरस्कारबाट छबि पुरी, विष्णु भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कारबाट केदार खत्री, यज्ञ बहादुर बुढाथोकी स्मृतिपत्रकारिता पुरसकारबाट अमर क्षितिज भण्डारी, ओमप्रकाश स्मृतिपत्रकारिता पुरस्कारबाट ऋषियादव, जितेन्द्रबहादुर शाह स्मृतिपत्रकारिता पुरस्कारबाट चेतन रेग्मी, चिन्तामणि जमुनापोख्रेल स्मृतिपत्रकारिता पुरस्कारबाट विष्णु अधिकारी, लोककुमारी स्मृतिपत्रकारिता पुरस्कारबाट उदिरामचौधरी, दुर्ग टिका स्मृतिपत्रकारिता पुरस्कारबाट निराजन डाँगी, शालिकराम सामाजिक सेवापत्रकारिता पुरस्कारबाट प्रदीप पाण्डे, पार्वती स्मृति स्वास्थ्यपत्रकारिता पुरस्कारबाट लक्ष्मण बस्नेत, अकि टुकादेवी स्मृतिपत्रकारिता पुरस्कारबाट गणेश आचार्य, नदिन स्मृतिपत्रकारिता पुरस्कारबाट एकराज भण्डारीलाई पुरस्कृत गर्न लागिएको छ ।
पत्रकार महासंघले यसवर्ष स्थापनादिवसका सन्दर्भमा राप्ती समाचार दैनिक, देउखुरी एफएम र दाङ खबर अनलाईन र पुरस्कार अक्ष्यकोष दात्ताहरु शारदा शर्मा र होताराम अधिकारीलाई विशेष सम्मानगर्न लागेको सचिवभुपेन्द्र प्रकाश वलीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालपत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल , नेपाल पत्रकार महासंघ पुर्व अध्यक्ष धर्वेन्द्र झा , प्रेस स्वतन्त्रता सेनानी शुसील गौतम, प्रदेश ५ का कोषध्यक्ष गणेश वली, नेपालप्रेस युनीयनका अध्यक्ष सन्तोष सुवेदी, प्रेस सेन्टरका कावा अध्यक्ष प्रकाश चौधरी, पुरस्कृतहरुको तर्फबाट सुलोचना गौतम लगाएतले बोल्नु भएको थियो । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सथिव भुपेन्द्र वलीले गर्नु भएको थियो ।
पत्रकार महासंघ दाङले स्थापना दिवसको सन्दर्भमा पुस १ गते घोराहीमा रक्तदान, २ गते लमहीमा जनप्रतिनिधिहरुसँग मैत्रीपूर्ण क्रिकेट, ३ गते तुलसीपुरमा निशुःल्क आँखा शिविर र आज घोराहीमा पुरस्कार वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरि मनाएको छ ।