• २०८३ जेष्ठ २० गते बुधवार

टिपर र कार ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा कार र टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ सल्यानटारका दीपेश केसी रहेका छन ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोक्किँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो। दुर्घटनामा तीन जना घाइते भएका छन ।

घाइते हुनेमा दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौं कलङ्कीका सुधीर सुवेदी रहेका छन । उनिहरुको गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
Aa

Sharing

प्रतिक्रिया दिनुहोस