कात्तिक २१, काठमाडौं । काठमाडौं गोर्खाज राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो स्थानमा उक्लिएको छ। तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साबिक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले हरायो।

यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ। लुम्बिनी भने हारपछि पनि ७ अंकका साथ शिर्ष स्थानमा कायमै छ। लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो । काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ ,अभिशेष गौतमले १६ रन जोडे। बलिङमा काठमाडौंका जहान्दाद खानले ४,करण केसीले २ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो।
जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे। यी दुबै ब्याटरले १०४ रनको सतकीय साझेदारी गरे। वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भए।
लुम्बिनीका शेर मल्ल,अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २र२ विकेट हात पारे।