• २०८३ जेष्ठ ४ गते सोमवार

प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरूद्ध परेको रिट दर्ता गर्न आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने सवैधानिक परिषदको निर्णयविरूद्ध परेको रिट दर्ता गर्न आदेश दिएकी छन् । प्रधानको एकल इजलासले सोमबार दिउँसो १ बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदनसमेत दर्ता गरी मंगलबार पेसी चढाउन आदेश दिएकी हुन् ।

मल्लले लिखित आदेशमा भनेकी छन्- ‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटाको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’

प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयविरुद्ध परेका रिटहरू सर्वोच्च प्रशासनले यसअघि दरपीठ गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस