फाल्गुन १९, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानबाट औपचारिक वार्ता सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।
मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो । विप्लव पक्षले पनि वार्ता टोली गठन गरेको छ । विप्लवले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको गरेका छन ।