• २०८३ असोज १ गते बिहिवार

छिमेकीको अतिक्रमणकारी नीतिका कारण सीमा समस्या गृहमन्त्री रामबहादुर थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २८ ,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या देखिएको बताएका छन् ।

आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले छिमेकीको कहिले पिलर फालिदिने, कहिले नेपालभित्र ल्याएर गाडिदिने जस्तो व्यवहारका कारण सीमा समस्या देखिएको बताएका हुन् ।

उनले भने, ‘सीमा विवाद आउनुमा हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारण छ । पिलरहरु खनेर फालिदिने, त्यसलाई नेपालभित्र ल्याएर गाडिदिने यस्ता अतिक्रमणकारी नीति सीमा समस्याका पछाडिका कारण देखिन्छ ।’

नेपाल र भारतबीच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको भन्दै गृहमन्त्री थापाले नदीले धार परिवर्तन गर्दा पनि सीमा परिवर्तन भएको बताए । सीमा विवाद दुई पक्षबीचको समस्या भन्दै मन्त्री थापाले कुटनीतिक माध्यमबाट समाधानका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस