• २०८३ जेष्ठ ६ गते बुधवार

प्रहरी हिरासतमा थुनुवाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रोशन विकको मृत्यु भएको घटना छानविन गर्न समिति गठन गरिएको छ । धनगढी उपमहानगरपालिका–५ का रोशनलाई भदौ २२ मा चोरी मुद्दामा पक्रेर प्रहरीले थुनामा राखेको थियो । शुक्रवार विहान हिरासतको शौचालयमा झुण्डिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले दावी गरेको छ ।


प्रहरीले छानबिन समिति गठन गरेपछि शुक्रबार साँझ नै पोस्टमार्टमपछि परिवारले शव बुझेका छन् । मृतकका बुवाले ‘घटनाको सत्यतथ्य छानबिन गरी पाऊँ’ भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस