• २०८३ असार २ गते मङ्गलवार

खवर24नेपालकाे समाचार प्रभाव : ५ दिन भित्रै मुगुमा आईपुग्यो पाठ्यपुस्तक

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन २९ मुगु । हिमाली जिल्ला मुगुमा ५ दिन भित्रै पाठ्यपुस्तक पुगेका छन् । शैक्षिक सत्र सुरु भएको २ महिना बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको थिएन ।

गएको श्रावण २३ गते खवर ट्वाईन्टीफोर नेपालले मुगुमा अझै पुगेनन् पाठ्यपुस्तक भनि समाचार प्रकाशित भए पछि सो समाचारलाई आत्म साथ गर्दे यहाका स्थानीय तह छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोङ्ग गाउपालिका र पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मि पुस्तक भण्डारले चासो देखाएपछि मुगुमा ५ दिन भित्रै पाठ्यपुस्तक पुगेको हो ।

जिल्लाका २ स्थानीय तह गरि कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि अब १३ हजार भन्दा बढि विद्यार्थीहरुको हात हातमा पाठ्यपुस्तक पुगेको जयलक्ष्मि पुस्तक भण्डारका प्रोपाईटर जयलक्ष्मि भामले जानकारी दिनु भयो । उनका अनुसार ६३ वटा सामुदायिक विद्यालयमा पुस्तक पुगेका छन् भामले भने अब यहाका विद्यार्थीहरुको सहजै रुपमा हात हातमा पुगि पठनपाठन पनि गर्न सकिने जानकारी दिए ।
उनका अनुसार ६३ वटा विद्यालयको लागि कक्षा १, मा ८सय ५६ सेट , कक्षा २, ८ सय ७१ सेट , कक्षा ३, ७ सय ९९ सेट, कक्षा ४, ४ सय २७, कक्षा ५, ७ सय २१ , कक्षा ६, ५ सय ६४ , कक्षा ७, ५ सय ८५ , कक्षा ८, ५ सय २५ , कक्षा ९, ६ सय ९९, र कक्षा १० को लागि १ सय ४१ सेट पाठ्यपुस्तक पुगेको प्रोपाईटर भामको भनाई छ ।

साथै उनका अनुसार महाकाली माद्यमिक विद्यालयले कक्षा ६ देखि ९ सम्म र नेपाल राष्ट्यि माद्यमिक विद्यालय भारेकोटले कक्षा ६ देखि ९ सम्म तुरुन्त पाठ्यपुस्तक खरिद गरि दिन हुन उनले आग्रह गर्नु भएको छ । जिल्लामा अहिले पुर्ण रुपमा किताब आईपुगेका हुन् । जिल्लामा रहेका सामुदायिक तथा निजी गरी १ सय ४० विद्यालयमा अध्ययनरत १३ हजार २ सय बढी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेका हुन ।

समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइमा पुर्णविराम लागेको थियो । अब किताव आईपुग्यो विद्यालय सञ्चालन नभए पनि घरमै अध्यायन गर्न पाईने महकाली नमुना माद्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सुदिप कुमार मल्लले जानकारी दिए । छायानाथभित्र अध्ययनरत १ देखि १० कक्षा सम्मका बालबालिकालाई पाठ्यपुस्तक खरिदका लागि ३१ लाख ४४ हजार रुपैयाँ सम्बन्धित विद्यालयको खातामा पठाइ सकेको थियो । कर्णाली राजमार्गका कारण पाठ्यपुस्तक कर्णाली प्रदेशको राजधानि सुर्खेतमा थन्किएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस