• २०८३ असोज ५ गते सोमवार

द्वन्द

दिनेश घिमिरे पढ्न लाग्ने समय : १ मिनेट

हरेक दिन समयसँग हारदै गए
बिस्तारै बिस्तारै समय छाड्दै गए
हरेक दिन विचारहरु सँग हार्दै गए
विस्तारै-विस्तारै विचार छाड्दै गए
हरेक दिन आफ्नैहरुसंग हारदै गए
विस्तारै-विस्तारै सबैलाई छाड्दै गए
क्रमशः सबैसँग एक्लिँदै गए।

सबै सँग आफैलाई मिलाउन खोज्छु
समयसँग आफ्नैलाई मिलाउन खोज्छु
समयसँग आफैलाई हिँडाउन खोज्छु
कहिले समय पछाडि हुन्छ
कहिले म अगाडी हुन्छु
कहिले समय अगाडी हुन्छ
म पछाडी पछाडी हुन्छु
समय र म बिचमा
घमासान द्वन्द चलिरहेछ
जीवन बिताउने द्वन्द्व
आफ्नै आफ्ना मिलाउने द्वन्द
आफ्नै आफ्नाका विचारको द्वन्द
आफैँभित्र मडारिन्छन्
खप्नै नसक्ने गरी फेरी
आफ्नै भित्र दुखिरहन्छ।।

Sharing

प्रतिक्रिया दिनुहोस