• २०८३ बैशाख ११ गते शुक्रवार

धनगढीका मतदान अधिकृत भट्ट घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, धनगढी ।  धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।

भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस