नसाेध भाे किन आज,
मन दुखि राखेकाे छ ।
मल्हमपट्टी चाहिदैन,
भित्री चाेट लागेकाे छ ।।
(१)
ईश्वरकाे नाउमा नै,
दशनंग्रा खियाएर ।
बाँचेकाे छु आज मैले,
आफ्नै मन सिलाएर ।।
(२)
बाँझाे खेतमा बिऊ छर्नु,
बाध्यता छ मलाई किन ?
हली बाउसे भेटिदैन,
तैपनि पाे रुनु किन ??
(३)
बेमाैसमी पानी पर्छ,
किसानलाई याैटा पीर ।
साथमा छ गाेरु एक,
नारिन्छु म अर्काेतिर ।।
(४)
श्रीमती पनि पाेइला हिडीन,
घरकाे काम अलपत्र ।
एक्लाे जीवन म के गरुँ
दु:ख दर्द यत्रतत्र ।।
(५)
किसानकाे जिन्दगीमा,
शीतलता कतै छैन ।
बीऊ मल नपाएर,
कम्ती शास्ती पाकाे हैन ।।
(६)
गाउँमा काल पसेकाे छ,
भन्छन् वरपर सबै ।
दु:खीलाई लैजा काल,
दैव पुकार्दछु सधै ।।
(७)
ठाँटबाँट कसि हिंडछन्,
सहरमा युवा जन ।
फलाएकाे मैले बाली ,
भर्छाै पेट धन्न धन्न ।।
(८)
*
मनाेहरपुर दाङ ।
३० भदाै, २०८३ ।