• २०८३ असोज ३ गते शनिवार

नरेन्द्रकुमार सुवेदीकाे कविता “माहात्मा बुध्द :”

नरेन्द्रकुमार सुवेदी पढ्न लाग्ने समय : १ मिनेट

सिध्दार्थ जाे गाैतम बुध्द,
बिश्वकाे नै तारा ।
गाैरव गर्छन् काेटीकाेटी,
मानवजाती सारा ।।
(१)
मायाँदेवी शुध्दाेदनका,
थिए पुत्र यिनी ।
लागे अहिंशामा सधैं,
सत्य मार्ग चिनी ।।
(२)
प्राणी मात्रको भलाईमा,
थियाे यिनकाे ज्ञान ।
बिश्वमा नै छरे ज्याेति,
गरि मंगल ध्यान ।।
(३)
कपिलबस्तु जन्म भयाे,
यिनी साना नानी ।
युवा छँदै बाँडे ज्ञान,
हामी भाग्यमानी ।।
(४)
यिनकाे ज्ञान अमृत सरि,
भएकाे छ आज ।
अमर दीप बनेका छन्,
विश्व सामू माझ ।।
(५)
हाम्राे पनि कर्तव्य हाे,
यिनकै पदचाप ।
अनुशरण गरि बाँचाैं,
मानव दिन-रात ।।
(६)

मनाेहरपुर दाङ ।
२०८३/०६/०२

Sharing

प्रतिक्रिया दिनुहोस