• २०८३ असोज ४ गते आइतवार

नरेन्द्रकुमार सुवेदीकाे धार्मिक कविता “सत्कर्म”

नरेन्द्रकुमार सुवेदी पढ्न लाग्ने समय : १ मिनेट

बनेर धैर्य, बसि त्याे समाधिमा,
कलत्रकाे पीर,नलिइ आँधिमा ।
म छु अनन्त, दु:खदैन त्येा हटि,
प्रज्ञाकाे भाव,सुख झन् कति कति ।।
(१)

थपेर नौलो मनमान बागमा,
पाइन्न मुक्ति, रिस माेह अनि रागमा।
म छु सधै , नीत्य बिधान ध्यानमा,
चलाइ नौका, चहकिलाे ज्ञानमा ।।
(२)

बिशुध्द मार्ग, बोट- बृक्षकाे मुनि,
लिएर राप, हर्षित भइ जुनि जुनि ।
महानताकाे, गुणकाे प्रकाशमा,
झल्कन्छ माेती, सदृश सुबासमा ।।
(३)

राखेर धर्म,मन-मानसमा सँँधै,
आर्जेर व्याज, जन्मान्तर सबै ।
जाे छ नडग्ने, प्रतिकूलमा पनि,
राखेर ख्याल, सत्यधर्मी नै बनी ।।
(४)

मनाेहरपुर, दाङ ।
०४ अशाेज, २०८३

Sharing

प्रतिक्रिया दिनुहोस