• २०८३ बैशाख १९ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट पक्राउ परेका छन् ।

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं ।   १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अछामको ढकारी गाउँपालिका-२ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई प्रहरीले पक्राउ गरेको छ । साउदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङको जयपृथ्वी नगरपालिका-३ बस्ने २२ वर्षीय सुरज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस