• २०८३ भाद्र २ गते मङ्गलवार

‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८ ’ सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २१, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’ भव्यताका साथ सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सोमबार प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा ‘प्रश्न’ नामक लघु चलचित्र प्रथम भएको छ भने क्रमश: एसओपी र खाली सीसीले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । विजेता लघु चलचित्रलाई ट्रफी र प्रमाणपत्रसहित क्रमश: रु २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाखको नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूले विशेष उपस्थिति जनाएका थिए ।

May be an image of 10 people, people standing and text that says 'राष्ट्रिय युवा स'

कुल ७५ प्रतियोगी चलचित्र को सहभागीता रहेको उक्त शर्ट मुभी कम्पिटिशन ‘म केही गर्छु’ भन्ने मुलभाब सहित युवाहरुमा सकरात्मक सोच बिकास गराउन र उनिहरुको सोच र श्रीजनशिलताको पहिचान,प्रस्फुटन र प्रवर्धन गर्नु यस्को मुख्य उदेश्य रहेको संघका संयोजक तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

May be an image of 3 people, people sitting and people standing

संयोजक पौडेलका अनुसार कोभिड-१९ महामारीले नेपालीलाई घरभित्रै बन्धक बनाएका बेला ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताको सुरुवात गरिएको थियो । यो बेला युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ ईङेजमेण्ट लाई ध्यान दिदै यस् प्रतियोगोताको अवधारणा तैयार भएको ब ताए ।

May be an image of 12 people and people standing

प्रतियोगिताको पहिलो चरणमा युवा वर्गलाई आफ्नो रचनात्मक प्रस्तुतीका लागि लघु चलचित्रको पटकथा बुझाउन आह्वान गरिएको थियो । युवाहरुबाट पटकथा प्राप्त पटकथा मध्ये ७५ वटा पटकथा ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताका लागि चयन गरिएको थियो ।

May be an image of 13 people and people standing

चयन गरिएका ७५ वटा पटकथाबाट ४५ वटा पटकथालाई लघु चलचित्र निर्माणका लागि चयन गरिएको हो । विभिन्न चरणबाट निर्माण गरिएका ४५ वटा पटकथाबाट १० वटा लघु चलचित्र चयन गरियो र अन्तिममा १० वटा चलचित्र मध्ये सोमबारको समारोहमार्फत् तीनवटा लघु चलचित्रलाई विजेता घोषणा गरिएको हो । साथै सोही कार्यक्रमबाट राष्ट्रिय युवा संघ नेपालकै साइबर सर्कल विभागले रु ६ लाख पुरस्कार राशीको ‘निर्वाचन र नेकपा एमाले’ शीर्षकको टिकटक भिडियो प्रतियोगितसमेत घोषणा गरेको छ ।

May be an image of 14 people and people standing

Sharing

प्रतिक्रिया दिनुहोस