फागुन २६, काठमाडौं । नेकपा (एमाले) नागार्जुन नगरपालिका वडा नं. ३ को वडा कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । दोश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा देवेन्द्र धमला निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाडौं इन्चार्ज आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा बाग्मती प्रदेश कमिटी सदस्यहरु श्याम घिमिरे, प्रकाश श्रेष्ठ, सतिाराम रेग्मी, सपना अर्याल, शुसिला अधिकारी, जिल्ला कमिटी अध्यक्ष दिपक निरौला, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
वडा कमिटीको दोश्रो अधिवेशनबाट १३ सदस्यीय कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा किशोर, सचिबमा उत्तम श्रेष्ठ र उपसचिवहरुमा साजन के सी र यमुना श्रेष्ठ चयन हुनुभएको छ । उ