• २०८२ असार ५ गते बिहिवार

जाजरकोटमा सवारी दुर्घटनाका घटना बढ्दैं

पढ्न लाग्ने समय : ३ मिनेट

रेशम बहादुर खड्का, जाजरकोट

पुस १४, जाजरकोट । जाजरकोट जिल्लामा दिन प्रतिदिन सवारी दुर्घटनाका घटना बढदै गएका छन् । जिल्लामा चार बर्षभित्र सवारी दुर्घटनाका घटना बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लाको मुख्य सडक छिन्चु जाजरकोट सडक खण्ड र आसपासका ग्रामिण सडकहरुमा दैनिक सवारी साधनको बृद्धि भए संगै दुर्घटनाहरु बढेको प्रहरीको भनार्य रहेको हो । जिल्लामा राज्यले कुनै ध्यान नदिएको कारण सवारी दुर्घना बृद्धि हुदै गएको नागरीक समाजका अगुवा राजेन्द्र बिक्रम शाहले बताए । केहि दिन पहिले प्रधान मन्त्री केपी शर्मा वलीले सवारी दुर्घटनाको बिषयमा चासोका साथ केही कुरा बोलेका छन । जाजरकोट जिल्लामा पनि यस्ता दुघटना धेरै भएका छन ।“उनले भने जिल्लाका सुरक्षाकर्मी देखि यातायात ब्यावसायिक सम्मको कमजोरीका कारण दुर्घटना बढ्दै गएका छन । ”मुख्य सडक खण्डमा पाईला पिच्छे चेक पोष्टहुदा समेत सुरक्षाकर्मीले सवारी जाचँमा ध्यान नदिएको सार्वजनिक गाडिलाई चेकजाँच गरेर दुख दिएको शाहको भनाई छ ।सरकारी गाडिलाई कुनै वास्था नगरेको बम बारुद्ध सरकारी गाडीले बोकेर दुरुपयोग गर्दै आएको शाहले बताए ।

जिल्लामा सञ्चालमा रहेका यातायात ब्यावसायीहरुले आफुखुसी सवारी यातायात चलाउदा मुख्य दुर्घटना बढ्दै गएको अगुवा शाहको भनाई रहेको छ । सवारी साधन सम्बन्धी कानुन निर्माण भएको छ । तर कार्यान्वयन भएको छैन । सरोकार वाला निकायको लापरवाहिका कारण जाजरकोटमा दुर्घना बढदै ​गएकोेमा नागरिक समाज यसको न्यूनिकरण गर्नको लागि बिभिन्न कार्यक्रम गर्ने बताए । साघुरो सडक संगै बढदो सवारी साधनले जिल्लामा सवारी साधन दुर्घटनाका संख्या बढ्दै गएको जिल्ला ट्रफिक कार्यालय जाजरकोटका प्रमुख जगदशि ऐनले जानकारी दिए । जिल्लामा पछिल्लो समय यता सवारी दुर्घटना बृद्धि भएकोले न्यूनिकरणको लागी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने बताए । जाजरकोट जिल्लाले सयौंको संख्यामा मानबिय क्षती बेहोदैं आएको ऐनले स्वीकार गरे ।

चार बर्षमा ९३ सवारी दुर्घटना
जाजरकोट जिल्लामा सवारी दुर्घटना बाट चार बर्ष भित्र ९३ जनाको मृत्यू भएको छ । जिल्लाम ट्राफिक कार्यालय जाजरकोटको तथ्यांक अनुसार आ.व २०७३÷०७४ मा २७ जनाको सवारी दुर्घटनमा ज्यान गुमाएका थिए । आ.व २०७४÷०७५ मा सवारी दुर्घटना बाट १ जनाको ज्यान गएको थियो यस्तै आ.व २०७५÷०७६ मा १० जना ज्यान गएको छ भने आ.व २०७६÷०७७ मा १जनाको ज्यान गएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै चार बर्षको समयमा ७० जना गम्भीर घाईते भएका छन । दुर्घटनामा ६१ जना सामान्य घाईते भएका थिए । अवधिमा जिल्लामा साना ठुला गरि ९३ सवारी साधन दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख ऐनले जानकारी दिए । जिल्ला ट्राफिक कार्यालय जाजरकोट २०७२ सालमा जाजरकोट जिल्लामा अस्थायी रुपमा कार्य सञ्चालन गरेको कार्यालय ५ बर्ष पछि स्थायी भएको छ । हाल कार्यालयमा १० जनाको दरवन्दी भएता पनि जनशक्तिको अभावका कारण ८ जनाको भरमा कार्यालय सञ्चालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस