• २०८३ बैशाख २१ गते सोमवार

३६ केजी चाँदीसहित तीनजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, विराटनगर । मोरङको विराटनगरबाट ३६.८ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ । ३६ केजी चाँदीका विभिन्न गहनासहित विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुको साथबाट आठ ग्राम सुन पनि बरामद गरिएको प्रहरीको भनाइ छ । विराटनगर क्षेत्रमा भएका सुनचाँदीका गरगहनाका चोरी घटनाको अनुसन्धानका क्रममा उनीहरु सुनचाँदीसहित पक्राउ परेका हुन् ।

बरामद सुनचाँदीको मूल्य करिब ६१ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस