भदौ २७, काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-६ चोभार डेरा गरी बस्ने भारत बिहार घर भएका ४५ वर्षीय महमद अमिर उललाई शनिबार राति पक्राउ गरेको छ ।
उलले ती बालिकालाई जरबजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।