• २०८३ जेष्ठ २२ गते शुक्रवार

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

माघ ९, बारा । प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक जना पक्राउ गरेको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका १ सिमरा विमानस्थलबाट भारत बिहार नवाधा थाना अक्बरपुर बस्ने ३८ वर्षीय शिव शंकर बब्लुलाई नेपालमा प्रतिबन्धित २ हजार दरका १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

डिपार्चर रुममा काठमाडौंतर्फ जान लागेका यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा शिव शंकरलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई बरामद नगद सहित आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस