• २०८३ मङ्सिर १३ गते शनिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८७५ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ३२, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १६, अवस्था ठिक नभएको २६ र अन्यमा ५५५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस