• २०८३ जेष्ठ २१ गते बिहिवार

२६ जिल्लामा एमालेका अध्यक्ष निर्वाचित, दुई ठाउँमा मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष २५, काठमाडौं । शुक्रबार एकैपटक उद्घाटन भएका एमालेका ६३ जिल्ला कमिटीका अधिवेशनमध्ये आइतबार मध्यान्ह १ बजेसम्म २६ वटा जिल्लामा अध्यक्ष चयन भएका छन् भने केहीमा पदाधिकारी र सदस्यको मात्र निर्वाचन हुँदैछ । २६ जिल्लाका अध्यक्ष चयन हुँदा दुई जिल्ला अध्यक्ष मतदानबाट निर्वाचित भएका छन् भने २४ जना सर्वसम्मत भएका छन् ।

कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष सर्वसम्मत भएका ठाउँमा पनि अधिकांश अन्य पदमा मतदान हुँदैछ । एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानलगत प्रतिस्पर्धा हुँदैछ ।

रामेछाप, जुम्ला र भोजपुरमा सहमतिनजिक रहे पनि औपचारिक घोषणा हुन बाँकी छ । रामेछापमा आनन्द श्रेष्ठ, भोजपुरमा शरण राई र जुम्लामा शान्त महतको नाममा लगभग सहमति जुटेको नेताहरूले बताएका छन् ।

हालसम्म चयन भएका अध्यक्षको सूची यसप्रकार छ :

अध्यक्ष चयन भएका जिल्लाहरु 
प्रदेश १
१ः .. मोरङ- ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

प्रदेश २
१.सप्तरी- ताराकान्त चौधरी

वागमती
१.धादिङ- भूमी त्रिपाठी

२.काभ्रेपलाञ्चोक( अशोक ब्यान्जु

३. भक्तपुर- बचन देउजा

४. रसुवा-कर्णेल तामाङ

५.नुवाकोट- बद्री मैनाली

६ .मकवानपुर-एकालाल श्रेष्ठ

गण्डकी
१ः गोरखा-प्रेम गुरुङ

२. तनहु- श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी
१.पाल्पा- धनेन्द्रराज घिमिरे

२. गुल्मी-बालकृष्ण काउछा मगर

३. अर्घाखाची- पिताम्बर भुसाल

४.बाँके- किस्मत कुमार कक्षपती

५.बर्दिया-लालबहादुर श्रेष्ठ

६. दाङ- हुकुमबहादुर बस्नेत

७.रुपन्देही- तेजेन्द्र केसी

८. कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)

९। नवलपरासी (पश्चिम)( दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली
१. डोल्पा- शेरबहादुर बुढा

२. सल्यान- गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष-जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष-उमेश ढकाल

 

Sharing

प्रतिक्रिया दिनुहोस