भदौ २२, धनगढी । खेलकुद प्रतियोगिता, कार्यक्रम तथा विभिन्न इभेन्ट व्यवस्थापनमा सक्रिय लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि., धनगढी, कैलाली ले कार्यालय प्रमुख पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले एक जना कार्यालय प्रमुख नियुक्त गर्न लागेको हो।

उक्त पदका लागि न्यूनतम कक्षा १२ उत्तीर्ण गरेको र कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यसम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ। खेलकुद क्षेत्र तथा खेलकुद प्रतियोगिता व्यवस्थापनसम्बन्धी ज्ञान र अनुभव भएकालाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ। उम्मेदवारमा विभिन्न खेलकुद प्रतियोगिता तथा कार्यक्रम व्यवस्थापनको अनुभव, कम्प्युटर तथा सामान्य कार्यालयीय प्रविधि सञ्चालन गर्न सक्ने क्षमता, राम्रो सम्पर्क, समन्वय तथा सञ्चार क्षमता हुनुपर्नेछ। साथै जिम्मेवार, अनुशासित, समयनिष्ठ तथा सक्रिय रूपमा काम गर्न सक्ने हुनुपर्नेछ।
त्यस्तै, मोटरसाइकल चलाउन सक्ने, वैध सवारी चालक अनुमतिपत्र भएको तथा आफ्नै मोटरसाइकल भएको हुनुपर्नेछ। आवश्यकता अनुसार कार्यालयबाहिर आयोजना हुने खेलकुद तथा विभिन्न कार्यक्रमहरूमा समेत सक्रिय रूपमा समन्वय गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
कार्यालय प्रमुखले कार्यालयको दैनिक प्रशासनिक कार्य सञ्चालन तथा व्यवस्थापन, खेलकुद प्रतियोगिता र विभिन्न कार्यक्रमको व्यवस्थापन तथा समन्वय, खेलाडी, टोली, प्रायोजक, साझेदार तथा सम्बन्धित पक्षसँग समन्वय गर्ने लगायतका जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।
उक्त पदका लागि मासिक पारिश्रमिक रु. २० हजार तोकिएको छ। इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा ramchandrashahi32@gmail.com मा इमेल वा ९८५८४२५२१६ नम्बरको ह्वाट्सएपमार्फत पठाउन सक्नेछन्।
बायोडाटा पठाउँदा विषयमा ‘कार्यालय प्रमुख पदका लागि आवेदन’ उल्लेख गर्नुपर्नेछ। आवेदन बुझाउने अन्तिम मिति २०८३ साल भदौ ३० गते सम्म रहेको कम्पनीले जनाएको छ।
खेलकुद तथा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्न इच्छुक योग्य तथा अनुभवी नेपाली नागरिकका लागि यो अवसर खुला गरिएको हो।