• २०८३ जेष्ठ ३ गते आइतवार

भारतीय चलचित्र ‘आदिपुरुष’ मा राखिएको संवादमा बोर्डको कडा आपत्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १, काठमाडौं ।  भारतीय चलचित्र ’आदिपुरुष’ मा राखिएको ’जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति नेपाल चलचित्र बोर्डले आपत्ति जनाएको छ । भारतीय चलचित्र ’आदिपुरुष’ मा जानकीलाई भारतकी छोरी भनि तथ्यगत त्रुटीसहित प्रर्दशन गरिएकोप्रति बोर्डले कडा आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘भारतीय चलचित्र ’आदिपुरुष’मा माता जानकीलाई भारतकी छोरी भनि इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटी सहित नेपालबाहेकका मुलुकहरुमा रिलिज भएको सन्दर्भमा यस चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै सो विषय नसच्याएसम्म काठमाडौंमा सो चलचित्र चल्न नदिने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्णयको पनि बोर्डले प्रशंसा गरेको छ ।

बोर्डले भनेको छ ‘संसारका कुनै पनि फिल्मले नेपालको स्वाधिनता, हाम्रा विभूतिहरुमाथिको दाबी, सिमा लगायत बिषयमा त्रुटी वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु चलचित्र विकास बोर्डको लागि कदापी मान्य हुँदैन । यस बिषयमा गम्भीर चासो लिनुहुने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रतिनिधि सभा सदस्य असिम शाहलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।’ यस प्रकारका विवादहरुले दुई देशबीचको सांस्कृतिक तथा कुटनीतिक सम्बन्धमा समेत खलल पुग्ने भन्दै यथासक्य संवाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसंग समेत माग गरिएको छ ।

संसारका कुनै पनि फिल्मले नेपालको स्वाधिनता, हाम्रा विभूतिहरुमाथिको दाबी, सिमा लगायत विषयमा त्रुटी वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु चलचित्र विकास बोर्डको लागि मान्य नभएको पनि उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस