• २०८३ बैशाख १४ गते सोमवार

रेखा थापालाई गाली गलाैज गर्ने वाइबा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको अभियाेगमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।गालीगलौज बिरुद्ध जाहेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले जनाएकाे छ ।

उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी दिएकी थिइन् । पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक गायिकाको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई वाइबालाे गालीगलौज गरिएको उजुरीमा उल्लेख छ । वाइबाले समाजिक सञ्जालमा पल शाहकाे पक्षमा अभिव्यक्ती दिइरहेकी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस