• २०८१ जेष्ठ ६ गते आइतवार

विरोध प्रदर्शनका क्रममा सुडानमा चारको मृत्यु, सयौँ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, खार्तूम । सुडानमा भएको आम प्रदर्शनका क्रममा शुक्रबार थप चार जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा थप चार जनाको मृत्यु भएको र अरु सयौं घाइते भएको प्रहरीले पनि पुष्टि गरेको छ ।

प्रदर्शनकारीहरुले राजधानी खार्तुम र छिमेकी सहरहरुमा बिहिवार व्यापक विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीचमा भएको झडपमा प्रहरी तर्फ पनि घाइते भएका छन् । प्रहरी अधिकारीहरूका अनुसार प्रहरीतर्फ ४९ जना घाइते भएका हुन् । प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्तिमा क्षती पु¥याएको र प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफी आक्रमण गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रदर्शनको नेतृत्व गरिरहेका नेताहरुसँग समन्वय गर्ने प्रयाससमेत गरेको दावी गरेको छ । घाइतेमध्ये केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सुडानमा गत अक्टोबर २५ देखि आम प्रदर्शन भइरहेको छ । नागरिक सहभागितासहितको सरकारको सट्टामा सेनाले सैनिक सरकार चलाउन थालेपछि सुडानमा फेरि आन्दोलन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस