मंसिर २२, विराटनगर । विराटनगरमा ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा विराटनगर-२ शनिहाटका जयप्रसाद दाहालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गर्दा उनी जलेर मृत भेटिएका थिए । परिवारसँग काठमाडौं बस्दै आएका दाहाल शुक्रबार मात्र विराटनगर आएका थिए । एक्लै घरमा रहेका बेला कोठामा ग्यास पड्केर आगो लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्यास पड्केको आवाज भने स्थानीयले थाहा नपाएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली खटाइएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।