• २०८० फाल्गुन १० गते बिहिवार

कक्षा १० का विद्यार्थीहरुसँग पढ्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष

पढ्न लाग्ने समय : २ मिनेट
  • आशिष भारद्धाज

पुष, २ रोल्पा । विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अन्तर्गत आज जनज्योति माध्यामिक विद्यालय गजुल र चन्द्र प्रभा माध्यामिक विद्यालय मिझिङमा कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो, गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के के रहेका छन् र त्यसको समाधान गर्ने उद्देश्य अनुसार नै यो कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।

चन्द्र प्रभा माविको प्राङ्गनमा पुग्दा दोश्रो घण्टी लागि चलिरहेको थियो अध्यक्ष र शिक्षा शाखा प्रमुख केशवराज पोख्रेल कक्षा १० भित्र प्रवेश गर्नुभयो, दोश्रो घण्टीमा अंग्रेजी बिषयको पढाइ चलिरहेको थियो । अध्यक्ष घर्ती सहितको टोलि कक्षा कोठाको प्रवेश गरि विद्यार्थीसँगै बस्नु भयो र अङ्ग्रेजी विषयको कक्षा लिनु भयो अगाडि शिक्षकले पढाइ नै रहनुभयो ।

तेश्रो घण्टी लाग्यो र शिक्षकले आफ्नो दैनिक कोर्स अनुसार पहिलो घण्टि सक्याउनुभयो र शिक्षकलाइ अध्यक्ष सहितको टोलि सुझाव तथा सल्लाह दिनुभयो र शिक्षक कक्षा बाहिर निस्कनुभयो । त्यसैगरि जनज्योति मावि गजुल रोल्पामा पुग्दा तेश्रो घण्टी सञ्चालन भइ रहेको थियो अध्यक्ष र शिक्षा शाखा प्रमुख कक्षा कोठा भित्र प्रवेश गर्नुभयो पाँचौ घण्टी स्वास्थ्य तथा जनसंख्या विषयको पढाइ चलिरहेको थियो अध्यक्ष घर्तीले विद्यार्थीसँगै स्वास्थ्य तथा जनसंख्या विषयका कक्षा लिनुभयो, शिक्षिकाले आफ्नो दैनिक कार्य योजना अनुसार आफ्नो पढाइ सक्नुभयो र अध्यक्ष सहितको टोलिले शिक्षिकालाई सुझाव सल्लाह दिनुभयो र शिक्षिका कक्षा बाहिर निस्कनुभयो ।

दुवै विद्यालयमा विद्यार्थीसँग अध्यक्ष कार्यक्रमका लागि अनुमति लिदै अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले समग्र कार्यक्रमबारे विद्यार्थीहरुलाई प्रष्ट पार्नुभयो अन्तक्रिया कार्यक्रमको फलर ओपन गर्नुभएको थियो । विद्यार्थीहरुले क्रमश आफ्नो जिज्ञासा र समस्याहरु अध्यक्ष र शिक्षा शाखा प्रमुखलाई क्रमश राख्नुभएको थियो र अध्यक्ष तथा शिक्षा शाखा प्रमुखले विद्यार्थीहरुबाट आएका जवाफहरु प्रष्टसँग दिनुभएको थियो र केहि विद्यार्थीहरुले उठाएको समस्याहरुको समेत समाधान गर्नुभएको प्रेस संयोजक भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस