• २०८१ बैशाख ३० गते आइतवार

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८,नुवाकोट । विदुर न.पा–५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृ’त्यु भएको छ । देवीघाटबाट बट्टारतर्फ आउँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ का १६ वर्षीय विनोद थापामगरको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फागुन २७ गते राति १० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका विनोदको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइलकमा सवार निमेश थामामगर भने दुर्घटनामा परी घा’इते भएका छन् । उहाँको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण मोटरसाइकल सडकदेखि १० मिटर तल पुगेर दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस