• २०८१ जेष्ठ ६ गते आइतवार

दक्षिणकालीबाट लागुऔषधसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं । काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ । उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस