बैशाख २९, बाजुरा । बाजुराका बिपभन्न गाउपालिका तथा नगरपालिकाको क्वारेन्टाइनमा बैशाख २९ गतेसम्म रहेका १६० जनालाई घर पठाइएकाे छ । जिल्लाका बिभिन्न क्वारेन्टाइनमा रहेका उनीहरु १४ दिनसम्म क्वारेन्टाइनमा बसे पनि उनीहरुको स्वास्थ्य परीक्षण बिनै घर पठाइएकाे हाे ।
क्वारेन्टाइमा बसेका सबैको परीक्षणका लागि आरडीटी किटको अभावका कारण परीक्षण नभएको बरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो । उहाँका अनुसार सामान्य स्वस्थ्य परीक्षण गरीएको तर ¥यापिड टेष्ट भने नगरेर घर पठाइको बताउनुभयो । सामान्य चेकजाँच गरेर घर पठाएको र आरडीटी किट बाजुरामा पुगेपछी बिना जाँचमा घर गएका सबैको कोरोना परीक्षण हुने पन्तको भनाई रहेको छ । आरडीटी किटको माग गरेको भए पनी अहिलेसम्म जिल्लामा नपुगेको पहल जारी रहेको छ । ४-५ दिन भित्र बाजुरामा आरडीटी किट पुग्ने बताउनुभएको छ । अहिले सम्म जिल्लाका बिभिन्न क्वारेन्टाइनमा २१२ जना रहेका छन् ।
जिल्लामा ठुलो संख्ययामा नेपाल बाहीर र जिल्ला बाहीबाट ठुलो सख्यामा आएका भए पनि स्थानी तहले सही तथ्याङक नदिदा थप जोखीम बड्ने बताउनुभएको छ । जिल्लामा अहिले पनी दुुई हजार आरडीटी किट र पाँच सय जती पिसीआरको लागी पहल भइरहेको बरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभएको छ ।