• २०८२ जेष्ठ १ गते बुधवार

उधौली पर्वको उपसभामुख तुम्वाहाङफेद्वारा शुभकामना

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २६ काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख डा.शिवमाया तुम्वाहाङफेले किराँत समुदायको महान् चाड उधौलीका अवसरमा देशविदेशमा रहनुभएका नेपाली किराँत दिदी बहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन  ।

किराँत चाड उधौली पर्वका अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै उनले नेपालीबीच सदियौँदेखि रहँदै आएको पारस्परिक सदभाव, भ्रातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन ।

सन्देशमा भनिएको छ, ‘उधौली पर्वलाई मानिस जनावर तथा चराचुरुङ्गी जाडोबाट बच्न लेकबाट बेँसीतिर झर्ने समय भएको सङ्केतका रुपमा लिइन्छ । साथै, आँगनमा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने पर्वको सङ्केतका रुपमा लिने भएकाले ऐतिहासिक एवम् सांस्कृतिक मान्यता रहेको छ । यस चाडले मेलमिलाप र सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहोस