जेष्ठ ४, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको शपथ ग्रहणलाई लिएर सर्वोच्च अदालतमा दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन ।
प्रधानमन्त्रीले पुनः सपथ ग्रहण गर्नुपर्ने माग गर्दै दायर सो मुद्दामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलसबाट सो आदेश भएको हो । आदेशमा मुद्दालाई अग्राधिकार दिने उल्लेख छ ।
