• २०८३ बैशाख ५ गते शनिवार

एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया चैत्र ३० गते भएको थियो ।

ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको र त्यसलाई निकाल्न डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया गरेको थियो ।

ओली चैत्र १४ गते कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेदेखि नै अस्पतालमा उपचारत रहेका छन् । ओली सर्वोच्चको परमादेशपछि चैत्र २६ गते रिहा भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस