जेठ १४, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा १७९६ जना , भक्तपुरमा २१३, र ललितपुरमा ३१५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ९ हजार ८ सय ४१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख २८ हजार ६ सय ७० जना रहेको छ । आज ९६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेको छ ।