• २०८३ बैशाख ५ गते शनिवार

यू-१९ महिला एशिया कप : वर्षाका कारण खेल अवरुद्ध, दुवै टोलीले १/१ अङ्क बाँडे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २, काठमाडौं । मलेशियाको वायुमास क्रिकेट ओभलमा ठूलो वर्षाले खेल अवरुद्ध भएपछि नेपाल र भारतबीचको एसीसी यू-१९ महिला एशिया कपको खेल रद्द भएको छ।

वर्षाकै कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको खेल रोकिएपछि दुवै टोलीले १/१ अङ्क बाँडेका छन्। तर नेट रनरेटमा अगाडि रहँदै भारत समूह विजेता तथा नेपाल समूह उपविजेता बन्दै ‘सूपर फोर’मा पुगिसकेका छन्।

यसअघि नै अघिल्लो चरणमा पुगिसकेका दुई टोलीबीचको मङ्गलवारको खेल समूह विजेता छुट्ट्याउनका लागि महत्त्वपूर्ण थियो। नेपाल र भारत दुवैले लीग चरणमा पाकिस्तानलाई पराजित गरेका थिए।

नेपालले अब ‘सूपर फोर’मा बिहीवार श्रीलङ्का र शुक्रवार बाङ्ग्लादेशसँग खेल्ने छ।

Sharing

प्रतिक्रिया दिनुहोस