फाल्गुन २८, गोरखा । गोरखाको चमनुब्री गाउँपालिका–३ सिर्दिबासबाट भरुवा बन्दुकसहित युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालका अनुसार १९ वर्षीय सन्देश गुरुङलाई भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरिएको हो ।
भरुवा बन्दुक पड्काएको सूचनाका आधारमा सिर्दिवास प्रहरी चौकीबाट खटिएको टोलीले लुकाई राखेको अवस्थामा बन्दुक फेला पारेपछि उनलाई पक्राउ गरिएको हो। डिएसपी दाहालका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र शुक्रबार गुरुङ विरुद्ध हातहतियार खरखजना अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने छ ।