• २०८१ बैशाख १४ गते शुक्रवार

स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले तिरेन कर, सम्पत्ति रोक्का गर्ने महानगरको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, २४ साउन । काठमाडौं  महानगरपालिकाले कर नतिर्ने ५२ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ । महानगरले आइतबार गोरखापत्रमा कर नतिर्ने ५२ वटा कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।

स्थ्यराज्यमन्त्री उमेश श्रेष्ठसहितका लगानीकर्ताले सञ्चालन गरेको जनमैत्री अस्पतालसमेत महानगरपालिकालाई कर नतिर्ने सूचीमा परेको छ ।

महानगरले कर बुझाउन पटकपटक पत्रचार गरेपनि अटेर गर्दै आएका जय नेपाल हल, गोपिकृष्ण मुभिज, काठमाडौं जेसिस, अम्बे कम्प्लेक्स, जनमैत्री अस्पताल, नेपाल स्काउट, राष्ट्रिय नाचघर, सिटी सेन्टरलगायतका ५२ वटा कम्पनीले कर नतिरेको जनाएको छ ।

कर नतिर्ने कम्पनीहरलाई ३० दिने अल्टिमेटम दिइएको छ । समयमा कर नबुझाए महानगरको राजश्व दाखिला ऐनको दफा १२ बमोजिम कर दाताहरुको सेवा बन्द गर्ने, सम्पति रोक्का गर्नेलगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस