• २०८२ बैशाख ५ गते शुक्रवार

दुईवटा बस जुध्दा दुर्घटना, ४० जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

असार १८, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा दुईवटा बस एकापसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी दुईवटा बसमा सवार ४० जना यात्रु घाइते भएका छन् ।

बुधबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ आउदै गरेको ना ६ ख ९९१० नं. को बस एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर ज.ब.रा.ले जानकारी दिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले दुवै बसमा गरी ५४ जना सवार मध्ये ४० जना घाईते भएकोमा २० जना सामान्य घाईते भएको जानकारी दिएको छ ।

सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको र २० जना लाई चौराह अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस