• २०८१ जेष्ठ ६ गते आइतवार

विहारको पटनामा होटलमा आगलागी हुदा ६ जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौं । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ ।

यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस