गाडिहरुको ट्या टु आवाज त्यहि आवाज र व्यस्त मानिसहरुविच आफ्नो कर्ममा रमाइरहेका छन् । विहान सबेरै भालेको डाकोसँगै प्लाष्टिकको झोला हातमा छडि, ओछ्याउने कम्बल बोकेर कोहलपुरको व्यस्त चौक कोहलपुरको चौराह चौकको छेउमै बरपिपलको फेदिमा आडेस लाग्दै लेखकको आफ्नो कर्म सुरु हुन्छ । बरको रुख र त्यसकै छहारि,पुराना जुत्ता चप्पल,झोला फिजेर आफ्नो कर्म गरिरहने यि लेखकलाई न, राजनितिले छोएको छ न केहिले छोएको छ त केबल दुःख पिडा र आफनो घरपरिवारलाइ कसरि पालनपोषण गर्ने भनेर लुम्बिनि प्रदेशको कोहलपुर नगरपालिका ११ शिव टोलमा तिनहजार भाडामा बस्छन्, लेखक ‘ शिव टोलमा बस्दै आएका लेखक नेपालीे अरुका खुट्टालाई सुरक्षा दिएर आफ्नो पेटलाई सुरक्षा दिदै घरपरिवारको गुजारा चलाउने र साझविहान हातमुख जोर्ने पेशा बनेको छ ।
अरुका खुटटाको सुरक्षित गर्ने लेखक सार्कि आफ्नै खुटट असुरक्षित लेखक नेपालीले भने, ‘अरुका खुटट सुरक्षित राख्नु मेरो मज्बुरि हो नेतादेखि शिक्षक,कर्मचारी विधार्थी आउछन् थुप्रैका जुत्ता सिले घर परिवार पाल्नै मुस्किल छ आफ्ना खुट्टामा नयाँ जुत्ता लगाउनलाई कुनै चाडपर्व कुर्नुपर्छ । २०२५ सालमा जन्मेका लेखक आफनो परिवारको पेट पाल्नलाई र हातमुख जोर्नलाई पहिले भारतका विभिन्न गल्लिहरु धाए कहि कतै काम नपाएपछि काठको काम पाए त्यस्पछि भारतमै रहेर काठको काम गर्न थालेको र काठको काम गर्दा गर्दै काठले हात काटेपछि फेरि नेपालमा आएर यहि जुत्ता सिउने पेशा अँगालेको लेखकले बताए ।
भारतबाट फर्केपछि बैजनाथ गाउँपालिका वडा नम्बर ७ को सम्झना चोकमा आफना बाबुबाजेले अँगालेको जुत्ता सिउने पेसा सुरु गरेको र सात वर्षसम्म सम्झनाचौकमै बसेर विभिन्न मानिसहरुका खुट्टाको सुरक्षाको लागि जुत्ता सिलाउन थालेको लेखक सार्कि बताउँछन् । बैैजनाथ गाउँपालिका र सम्झना चौकको सात वर्षको बसाई र साइनोपछि कोहलपुर नगरपालिका ११ चौराह चौकको छेउमै रहेको बरपिपलसँग मितेरि गाँस्दै दिनमा सँगै बस्दै आफुकहाँ आउने ग्राहकका च्यातिएका जुत्ता सिलाउदै पठाउने गरेका छन् । विभिन्न काम गर्दा,हिड्दा डुल्दा च्यातिएका जुत्ता सिलेर पठाए ग्राहकका मन खुशि बनाए तर आफ्ना दुःख उस्तै रहेका र झन झन दुःख च्यातिदै गएको बताउछन् । अरुका च्यातिएका जुत्ता त सिले तर मेरो जिन्दगी सल्निे काहि भएन जस्तो पहिले थियो अहिले पनि उस्तै मेरो जिन्दगी ।
लेखक दैनिक दिनमा सात जोडि जुत्ता चप्पल सिलाउँछन् । कहिले १० जोर पनि सिलाउने गरेको लेखकले बताउँछन् । लेखक सार्किले मासिक २० हजार रुपैँयासम्म कमाउने गरेका छन् । सार्किको आठजनाको परिवार दुइ छोरा एक छोरी,बुहारि र नातिनि सहित आठजनाको परिवार छ । आठजनाको परिवारलाई खानेकुरादेखि सबै कुरा आफुले नै हेरेको सार्किले बताए । देशको पछिल्लो राजनितिप्रति उनको चासो छैन जहिले जे भएपनि गरिबका दुःख ज्युका त्युँ रहेको र कुनै आशापनि नभएको बताउछन् । उनले भने, दिनमा सात जोडा जुत्ता चप्पल सिल्छु महिनाको करिब २१ जेडा सिउछु पहिले १० देखि १२ जोर सिल्थे कोभिडले गर्दा असर गरेर त्यति कमाई हुँदैन अहिले महिनाको मासिक २० हजार हुन्छ यत्तिले घरखर्च चलाउन र छोराछोरि पढाउन निकै समस्या हुने गरेको छ ।