• २०८३ जेष्ठ ७ गते बिहिवार

सर्पले डस्दा दुई वर्षीय बालकको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन जनालाई गएराति विषालु सर्पले डसेको थियो । बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पको डसाइबाट बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था गम्भीर छ । उनको भरतपुर अस्पतालमा उपचार जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस