• २०८१ जेष्ठ ६ गते आइतवार

गजल : “खै एक्लै देखिए पनि सँग सँगै बेमानि पुगे”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

जनता ले बाटो देखाए उनि राजधानी पुगे,
खै एक्लै देखिए पनि सँग सँगै बेमानि पुगे।

जनता अधिकारकै लागी आँ गरेका बेला,
त्यँहा कलो खोज्दै उनैका खानदानी पुगे।

भन्छन हामिलाई छिमेकिले झुक्कायो सधै,
प्रष्टै छ दलालि गर्न आफै जानि जानि पुगे।

हो उन्ले आफुलाई मान्छे होईन बाघ सम्झे,
जनताको घर दैलोमै भेडा बाख्रा ठानि पुगे।

हाम्रो देशका दुश्मनहरु थोरै थिएनन के हो,
त्यसैले घरमा लोभी लाछि छानि(छानी पुगे।

हिँजो बहादुर र बिरहरुको कथा सुनेकालाई,
आज बिदेशी दलाल लेण्डुवको कहानी पुगे।

जनताले तानाशाहीका बिरुद्ध चुनेर पठाएकै,
खाटाक खुटुक उस्तै भएका आनि बानी पुगे।

प्रतिक्रिया दिनुहोस