• २०८१ फाल्गुन ७ गते बुधवार

१५ जनामा कोरोना संक्रमण, ८ जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, काठमाडौं ।  थप १५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ७४९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ सय ७७ जना रहेका छन ।

मन्त्रालयका अनुसार ८ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार १५३ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस