मंसिर ८, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ । लेष्टर सिटीलाई ३(० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । एनफिल्डमा जोनी इभान्सको आत्मघाती गोलबाट २१ औं मिनेटमा खाता खोलेको थियो । खेलको ४१ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता २.० को बनाए । त्यसपछि खेलको ८६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३.० को जित दिलाए ।
योसँगै लिभरपुल ९ खेलमा २० अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।