मंसिर ८, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा सोमबार बिहान पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिकअप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी चौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार सामान राख्ने क्रममा जीप अचानक गुडेर जीप दुर्घटना भएको हो । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएकी छन । चालक रविलाल बुढाले सामान राख्ने क्रममा जीप अचानक गुडेको थियो। चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।