मंसिर ८, काभ्रे । काभ्रेबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय सन्देश भन्ने बुद्ध लामालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार काभ्रे जिल्ला कमिटीका सदस्य उनलाई आइतबार राति पौने ७ बजे बनेपा नगरपालिका१० बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।